कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पारसको टिम चौराहले उचाल्यो धनगढी प्रिमियर लिगको उपाधि

धनगढी — सगरमाथा धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढीले विराटनगर किंग्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ । एसएसपी क्रिकेट मैदान धनगढीमा टस जितेर व्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनायो ।

 पारसको टिम चौराहले उचाल्यो धनगढी प्रिमियर लिगको उपाधि

सगरमाथा धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको उपाधि टिम चौराह धनगढीले जितेको छ । शनिबार टिम चौराह र विराटनगर किंग्सबीच भएको खेलमा विराटनगर विरुद्ध ६२ रनको जित निकाल्दै चौराहले उपाधि जितेको हो ।

एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा भएको फाइनलमा टस जितेर व्याटिङमा आएको चौराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

जवाफी व्याटिङमा आएको विराटनगर किंग्सले १८.१ बलमा अल आउट हुँदै ९७ रन बनायो ।

टिम चौराहले ट्रफीसँगै १५ लाख रुपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेताले ७ लाख रुपैयाँ नगद प्राप्त गरेको छ ।

१२ ओभरसम्म संघर्ष गरेको टिम चौराहका खेलाडीको व्याट त्यसपछि खुलेको थियो । आरिफ शेखले ५४ रन बनाए र उनले अमरसिंह रौटेलसँग ४ ओभरमा ६३ रन जोडेका थिए । आरिफले ३० बल खेली ४ चौका र ४ छक्का प्रहार गरे । राउटेलाले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरी नट आउट ३१ रन बनाए ।

सौरभ खनाल ५ बलमा १ छक्का र १ चौका प्रहार गरी १४ रनमा नट रहे ।

विराटनगरबाट सुशील कँडेलले २ विकेट लिँदै प्रतियोगितामा आफ्नो विकेट संख्या १७ पुर्‍याए । उनले प्रतियोगितामा सर्वाधिक विकेट लिएका हुन् । ्

विराटनगरबाट प्रनित थापाले २७ र अमित श्रेष्ठले २६ तथा अनिल साह र दीपन्द्रसिंह ऐरीले १३/१३ रन बनाए । खेलको कुनै पनि समय विराटनगर किंग्स लक्ष्य तर्फ देखिएन ।

टिम चौराहका सुशन भारीले ३ विकेट लिए भने आरिफ र सौरभ खनालले २/२ विकेट लिए ।

खेलको म्यान अफ दि म्याच आरिफ शेख भए ।

...

...

सगरमाथा धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढी र विराटनगर किंग्स भिड्दै छन् । फाइनल एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा शनिबार ११ बजे सुरु हुने छ ।

आज बिहान टिम चौराहका कप्तान पारस खड्काले टस जितेका छन् । टस जितेर उनले पहिला व्याटिङ गर्ने निर्णय गरेका छन् ।

हामी ट्विटरमार्फत प्रत्यक्ष अपडेटमा छौं ।

पारस खड्काको नेतृत्वमा रहेको टिम चौराह धनगढीले लगातार चार खेल जितेको छ र राम्रो लयमा छ । शरद भेषाकवरको कप्तानीमा रहेको विराटनगर किंग्सलाई युवा खेलाडीको साथ छ र टोलीले बलियो प्रदर्शन गर्दै आएको छ । यही दुई टोली शनिबार सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा भिडदैछन् ।

दुवै कप्तानले फाइनल रोमाञ्चक हुने अपेक्षा राखेका छन् । धनगढीले लगातार चौथो खेल जित्नेक्रममा क्वालिफायर्स २ मा रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले पराजित गरेको थियो । विराटनगरले क्वालिफायर्स १ मा रुपन्देहीलाई ३० रनले पराजित गरेको थियो ।

प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्नेक्रममा पनि यही दुई टोली भिडेका थिए, जसमा विराटनगरले धनगढीलाई २३ रनले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको विराटनगरले १ सय ३४ रन बनाउँदा जवाफमा आएको धनगढीले ९ विकेट गुमाई १ सय ११ रनमात्र बनाउन सकेको थियो ।

त्यसयता प्रतियोगितामा ठूलै परिवतर्न आइसकेको छ । पहिला व्याटिङ गर्ने टोलीले मात्र जित्ने शृंखलालाई विराटनगरले अत्तरियामाथि ८ विकेटको विजय हात पारि टुंग्याएको थियो । राउन्ड रोबिनमा कञ्चनपुरसँगको खेल विराटनगरले टस जितेर पहिला फिल्डिङ रोज्दै १० ओभर भित्र जितेको थियो । कुनै पनि टोलीले १ सय रन पनि चेज गर्न नसकिरहेको अवस्थामा काठमाडौं गोल्डेन्ससँगको इलिमिनेटरमा धनगढीले १ सय २७ रन विजयी लक्ष्य पाएर बनाएको थियो ।

प्रकाशित : वैशाख ९, २०७४ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?