खेलकुद पत्रकार मञ्चमा नयाँ नेतृत्व, महेश आचार्य अध्यक्ष

काठमाडौं — नेपाल खेलकुद पत्रकार मञ्चमा महेश आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । दुई उपाध्यक्षबाहेक सबै पद निर्विरोध भएको हो ।

प्रथम उपाध्यक्षमा दुर्गानाथ सुवेदी निर्विरोध निर्वाचित भए ।

खेलकुद पत्रकार मञ्चमा नयाँ नेतृत्व, महेश आचार्य अध्यक्ष

नेपाल खेलकुद पत्रकार मञ्चमा महेश आचार्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । दुई उपाध्यक्षबाहेक सबै पद निर्विरोध भएको हो ।

प्रथम उपाध्यक्षमा दुर्गानाथ सुवेदी निर्विरोध निर्वाचित भए ।

उपाध्यक्षमा सञ्जीव सिल्पकार र त्रिलोचन राजोपाध्याय मतदानमार्फत निर्वाचित भए । सिल्पकारले ४२ र राजोपाध्यायले ४० मत पाए । पराजित भएका सरिता श्रेष्ठले ३० र निरञ्जन अधिकारीले १५ मत पाए । ६७ मत खसेकोमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

महासचिव प्रकाश तिमल्सिना, सचिव राजु घिसिङ र कोषाध्यक्षमा प्रज्जवल ओली निर्विरोध निर्वाचित भए ।

कार्यसमिति सदस्यहरुमा गोविन्द रेग्मी, आदर्श ढकाल, अञ्जन खड्का र कमल खत्री पनि निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : वैशाख २५, २०७३ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?