कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बुद्ध एयर शीर्ष ३ मा

विमल खतिवडा

सौराहा — दर्शकको अत्यधिक रोजाइमा पर्न सफल हात्तीका छावाबीचको फुटबल प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा मंगलबार बुद्ध एयर विजयी भएको छ ।

 बुद्ध एयर शीर्ष ३ मा

प्रभु बैंकसँग भएको प्रतिस्पर्धामा बुद्ध एयर विजयी भएको हो । दुवै टिममा ४/४ हात्ती सहभागी थिए । बुद्ध एयरबाट प्रतिनिधित्व गरेको माडीगजले गरेको १
गोल नै निर्णायक बन्न पुग्यो । फाइनलमा सिजी फुड्स र नबिल बैंक भिड्ने छन् ।

टाँगा र गाडा दौडको फाइनल प्रतिस्पर्धाबाट हरेन्द्र चौधरीको टाँगा र पशुपति चौधरीको गाडा प्रथम भए । त्यसैगरी डुंगातर्फ भने गणेश बोटे प्रथम भए । क्षेत्रीय होटल संघको आयोजना सुरु महोत्सव बुधबारसम्म चल्नेछ ।

१२ औं चितवन हात्ती महोत्सवअन्तर्गत मंगलबार भएको सुन्दरी प्रतियोगिताको उपाधि समृद्धिकलीले जितेको छ । ४ वटा हात्तीलाई पछि पार्दै युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाबाट प्रतिनिधित्व गरेको ११ वर्षको समृद्धिकलीले उपाधि जित्न सफल भएको हो ।

खचाखच दर्शकले भरिएको बाघमारा सामुदायिक वनको चौरमा आयोजित प्रतियोगितामा फस्ट रनर अपमा १३ वर्षको पुष्पाकली घोषित भयो । १४ वर्षको वसन्तीकली सेकेन्ड रनर अप भयो ।

प्रकाशित : पुस १५, २०७२ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?