ब्याडमिन्टन खेलाडी छानिए- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्याडमिन्टन खेलाडी छानिए

कान्तिपुर संवाददाता

काठमाडौं — दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करणमा सहभागी हुने ब्याडमिन्टन खेलाडीको मंगलबार अन्तिम टुंगो लागेको छ ।

पुरुषमा नेपाल आर्मी क्लबका दिपेश धामी, एपीएफ क्लबका विकास श्रेष्ठ, आर्मीका रत्नजित तामाङ, आर्मीका नवीन श्रेष्ठ, नेपाल प्रहरी क्लबका विष्णु कटवाल तथा एपीएफका सुदीप सेढाईं र साजनकृष्ण ताम्राकार क्रमश: शीर्ष ७ स्थानमा रहँदै छनोट भए ।

महिलामा शीर्ष ७ स्थान हात परेका क्रमश: सरादेवी तामाङ, नङ्सल तामाङ, अमिता गिरी, शिक्षा श्रेष्ठ, जेसिका गुरुङ, मेघा चन्द र अञ्जु राई छानिए । शिक्षा एपीएफकी हुन् भने बाँकी सबै आर्मीमा आबद्ध छन् । अन्तिम छनोटमा १० पुरुष र ८ महिला खेलाडीले राउन्ड लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
 
सागमा ब्याडमिन्टन नवौं संस्करणदेखि समावेश भएको थियो । नियमित रूपमा सहभागिता जनाउँदै आएको ब्याडमिन्टनले ७ कास्य जितेको छ । एकल स्पर्धामा सुमिना श्रेष्ठले १० औं सागमा कांस्य जितेकी थिइन् । बाँकी ६ कांस्यमा पुरुष/महिला टिम इभेन्टमा बराबर संख्या रहेको छ ।

प्रकाशित : पुस १५, २०७२ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्

एसियाली जुनियर टेनिसमा नेपाल तेस्रो

कान्तिपुर संवाददाता

काठमाडौं — नेपालले एसियाली जुनियर टेनिस टिम कपको यू–१४ स्पर्धामा तेस्रो स्थान हात पारेको छ । सोमबार राति कतारको दोहामा भएको खेलमा नेपालले कतारलाई २–१ ले पराजित गर्‍यो । टोलीका प्रशिक्षक सूर्यभूषण वज्राचार्यले खेल अत्यन्त कठिन रहेको बताए ।

पहिलो सेटमा ६–० ले विजयी संरक्षकभूषण वज्राचार्य दोस्रो सेटमा १–४ ले पछि परे पनि कमब्याक गर्दै ७–६ ले खेल जिते । प्रणव खनाल भने ६–४ र ६–२ ले पराजित भए । डबल्समा नेपाली जोडी ६–० र ६–२ ले विजयी भयो ।

नेपालले प्रतियोगितामा लगातार दुई संस्करणमा तेस्रो स्थान हात पारेको हो । पहिलो चरणमा नेपाल भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा कतारलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा नेपाल हङकङसँग पराजित भयो । नेपाली टोलीमा यस पटक संरक्षकभूषण वज्राचार्य र प्रणव खनालले प्रतिस्पर्धा गरेका थिए ।

गत संस्करणमा यी दुईसहित सम्यकभूषण वज्राचार्य र रेन्जन लामा पनि टोलीमा थिए ।

प्रकाशित : पुस १५, २०७२ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×