चेल्सीलाई हराएर लेस्टर शीर्षस्थानमा फर्कियो- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेल्सीलाई हराएर लेस्टर शीर्षस्थानमा फर्कियो

एएफपी

लन्डन — जेमी भार्डी र रियाद माहरेजले लेस्टरलाई खराब समयबाट गुज्रिएको चेल्सीमाथि २–१ को जित दिलाएर सोमबार प्रिमियर लिगको शीर्षस्थानमा फर्काएका छन् । यसले चेल्सीका प्रशिक्षक जोसे मोउरिन्होमािथ दबाब बढाएको छ ।

माहरेजले भार्डीको सिजनको १५ औं गोलमा अवसर सिर्जना गरे । त्यसमा उनले ३४ औं मिनेटमा गरेको क्रस उत्कृष्ट थियो । त्यसपछि यी अल्जेरियाली विंगरले ४८ औं मिनेटमा लोभलाग्दो गोल गरे । यो उनको १२ औं गोल हो र यसले लेस्टरको स्वप्निल सिजनको यात्रालाई कायमै राख्यो ।

क्लाउडियो रानेरीको टिमले यो सिजन एक खेलमा मात्र हार बेहोरेको छ । चेल्सीको लागि सब्स्टिच्युट लोइच रेमीले अन्त्यतिर गोल गरे । यो जितले घरेलु टिम लेस्टरलाई दोस्रो स्थानको आर्सनलमाथि स्पष्ट दुई अंकको अग्रता दिलायो । चेल्सीले १६ खेलमा नवौं हार बेहोरेपछि उसका व्यवस्थाक मोउरिन्होलाई चर्को दबाब पर्‍यो ।

अघिल्लो साता घरमै बोर्नमाउथसँग स्तब्ध भएको मोउरिन्होको टिम रेलिगेसन क्षेत्रभन्दा एक अंकमात्र माथि छ । यसले पोर्चुगिच प्रशिक्षकलाई बर्खास्त गर्ने भन्ने चर्चा अझ बढेको छ । ‘हामी शीर्ष चारमा लिग टुंग्याउन सक्दैनौं तर अझै शीर्ष ६ मा रहन सक्छौं । किनभने धेरै टिमले अंक गुमाइरहेका छन्,’ मोउरिन्होले भने, ‘तर यो क्षण हामी लज्जित हुनुपर्ने क्षेत्रमा छौं ।’

प्रकाशित : मंसिर २९, २०७२ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्

केयुको २१ औँ दीक्षान्त समारोहमा १२ सय ४३ विद्यार्थी दीक्षित

कान्तिपुर संवाददाता

काभ्रे — काठमाडौं विश्वविद्यालय (केयु)को २१ औँ दीक्षान्त समारोहमा १२ सय ४३ दीक्षित भएका छन् । पिएचडी, स्नातकोत्तर र स्नातक तह पुरा गर्ने स्कुल अफ साइन्सका २ सय ३७, स्कुल अफ मेनेजमेन्टका ४ सय ६९, स्कुल अफ इञ्जिनियरिङका २ सय ६२, स्कुल अफ एजुकेशनका ७२ र स्कुल अफ आर्टस्का २ सय ३ विद्यार्थी दीक्षित भएका हुन् । पहिलो चरणको दीक्षान्तमा १ हजार २ सय ४३ दीक्षित भएका थिए ।

 

कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्नात्तकोत्तर तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने स्कुल अफ इञ्जिनियरिङका टंकप्रसाद दाहाललाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने स्कुल अफ आर्टसका सयसकुमार न्यौपाने, एमबिए तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने कृति प्रधानलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक र एमबिए तहमा सर्वोत्कृष्ट विद्यार्थी स्मृती सिंह श्रेष्ठलाई रणबहादुर शाह स्वर्णपदक प्रदान गरेका थिए । २१ औँ दिक्षान्त समारोहसम्ममा केयुबाट २० हजार ६ सय ७८ दीक्षित भएका छन् । 

दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्ञान सिप र दक्षतालाई उपयुक्त ढंगले प्रयोग गरी देशको सुयोग्य नागरिक बनि मानव समाज र राष्ट्रको समुत्थान हुने कार्यमा सदा समर्पित रहन आग्रह गरे । उनले आफ्नो ज्ञान र सिप मातृभुमि र मानव जातिको हितको लािग प्रयोग गर्न दीक्षितहरुलाई आग्रह गरे । ज्ञान लिएर मात्र नहुने भन्दै प्रधानमन्त्रीले त्यसलाई व्यवहारमा लागु गर्न आग्रह गरे ।

प्रमुख अतिथी पूर्वदर्शनका विद्वान एवं पत्रकार मदनमणि दीक्षितले नेपालमा पनि युगान्तकारी परिवर्तन शुरु भएको भन्दै परिवर्तनको त्यो नयाा दिशाको शिक्षा, मानविकी, व्यवस्थापन, इञ्जिनियरिङ र विज्ञान आदि सित अनुकुल गरी समाजको मानसिक विकासतर्फ उन्मुख गराउने मूल जिम्मेवारी देशका विश्वविद्यालयको भएको तर्क गरे । उपकुलपति डा. रामकण्ठ माकजुले दीक्षितबाट मुलुकले परिश्रम र त्याग खोजेको भन्दै आफ्नो ज्ञान र सिप कम अवसर पाएका मानिसहरुको पहुाच र प्रयोगमा आउने स्पष्ट बाटो खोज्न आग्रह गरे ।
 

 

प्रकाशित : मंसिर २९, २०७२ १४:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×