कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल २-१ ले विजयी

साफ यू–१९
राजु घिसिङ

काठमाडौं — काठमाडौंमा जारी यू १९ साफ च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ ।

नेपाल २-१ ले विजयी

सातदोबाटोस्थित एन्फा कम्प्लेसक्सको टर्फ मैदानमा भएको खेल ९० मिनेटमा खेल १-१ बराबर थियो । ४ मिनेट थपिएको समयमा अनन्त तामाङले गरेपछि नेपाल विजयी भएको हो । सुरुमा यो गोल बंगलादेशी खेलाडीको आत्मघाती भनिए पनि म्याच रेफ्रीले अनन्तको नाममा गोल दिएका हुन् ।

....................

खेलको १८ औं मिनेटमा पाएको पेनाल्टीमार्फत नेपाल बराबरी स्थितिमा फर्किएको छ । नेपालको लागि अन्जन विष्टले पेनाल्टीमार्फत गोल गरेका हुन् । विश्वास श्रेष्ठको क्रसमा मोहम्मद सलाउद्दिनले हेन्ड गरेपछि नेपालले पेनाल्टी पाएको हो ।
यसअघिले खेलको ११ औं मिनेटमा बंगलादेशले गोल गरेको थियो ।

.....................................

खेल सुरु भएको ११ औं मिनेटमो बंगलादेशको लागि फरवार्ड रोहित शरणले गोल गरेका हुन् ।

.....................................

काठमाडौंमा जारी यू १९ साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल अहिले बंगलादेशसँग खेलिरहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको टर्फ मैदानमा खेलिरहेका दुवै टोली अन्तिम चारमा पुगिसकेका छन् ।

समूह ए को विजेता बन्नको लागि दुवै टोलीको लागि आजको खेल महत्वपूर्ण छ । नेपालले पहिलो खेलमा भुटानलाई ३–१ ले हराएको थियो । भुटानलाई बंगलादेशले पनि भुटानलाई २–० ले हराइसकेको छ ।
सेमीफाइनलमा बलियो टोली भारतको सामना गर्नबाट बच्न दुवै टोली समूह विजेता बन्ने दाउमा छन् ।
पहिलो खेलमा नेपालले भुटानलाई हराउदा बिमल घर्तीमगरले ह्याट्रिक गरेका थिए ।

याे पनि पढ्नुहाेस :

विमल ‘एक्स फ्याक्टर’ हुन सक्छन् त ?

प्रकाशित : भाद्र ७, २०७२ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?