३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

परिचयपत्र वितरण

सल्यान — मतदान केन्द्रहरूमा कर्मचारीहरू पुगेर व्यवस्थापन र मतदाता परिचयपत्र वितरणलाई तीव्रता दिएका छन् । एक्कासि चिसो बढे पनि कर्मचारी मंगलबार बिहानैदेखि मतदाता परिचयपत्र वितरणमा व्यस्त छन् । चिसोका कारण कर्मचारी आगो ताप्दै मतदान केन्द्रको व्यवस्थापनमा लागेको देखिन्छ ।

निगालचुलीस्थित शिद्धेश्वरी मावि मतदान केन्द्रका अधिकृत हरिजंग चन्दले चिसोका कारण परिचयपत्र लिन आउनेको संख्या कम भए पनि वितरण र व्यवस्थापनलाई तीव्र पारिएको जनाए । उक्त केन्द्र आसपासका क्षेत्रमा बाक्लो तुसारो परेकाले आउजाउमा समेत कठिनाइ भएको उनले बताए । जिल्लामा १ सय ११ निर्वाचन स्थलमा १ सय ८० केन्द्र कायम गरिएको छ ।

 

प्रकाशित : मंसिर २०, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?