१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चुनावी नारा मात्रै नबनोस्

लामो समयदेखि ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती आयोजनाले चर्चा पाउँदै आएको छ । तर अहिलेसम्म यसको निर्माण कार्य प्रारम्भ हुनसकेको छैन । आयोजना निर्माण गर्न विद्युत प्राधिकरण र चीनको ‘चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन’बीच बिहीबार सम्झौता पनि भएको छ ।

तर अहिले पनि आयोजना निर्माण स्थलका बासिन्दामा आशंका नै छ । विगतमा पनि आयोजनाको कार्यले तीव्रता पाउँछ भनी ढाँटिएका बासिन्दा अझै पनि बन्दैन कि भनेर दोधारमा बसेका हुन् । नेताहरूले भने जनतालाई आयोजना बन्छ भनेर धेरै वर्षदेखि आश्वासन बाँडिरहेका छन् । चुनावका बेलामात्रै आयोजनाले चर्चा पाउने गरेको छ । अघि–पछि भने यहाँका नेताहरू यसबारे मौन बसेका छन् । यो चुनावमा पनि पश्चिम सेती निर्माण गर्ने भनी यस क्षेत्रबाट चुनाव उठ्ने उम्मेदवारले प्रमुख चुनावी नारा बनाएका छन् । कतिपय स्थानीयले भने अहिले नेताहरूले चुनाव जित्नका लागि मात्रै पश्चिम सेतीको कुरा गरिरहेको आरोप लगाएका छन् । देशको भविष्यसंँग जोडिएको उक्त आयोजना निर्माण कार्यमा अब कुनै पनि हालतमा अघि बढ्नुपर्छ ।
– लोकेश धामी
कैलाली, धनगढी–५, हसनपुर 

प्रकाशित : मंसिर ४, २०७४ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?