बिटक्वाइन कारोबारी पक्राउ

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल राष्ट्र बैंकले अवैध मानेको ‘क्रिप्टोकरेन्सी’ का दुई कारोबारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा रामबजार बस्ने ३२ वर्षीय राम ढकाल र असन बस्ने २६ वर्षीय पुरुषोत्तम धर तुलाधर रहेको प्रहरीले जनाएको छ ।

साताअघि पक्राउ परेका उनीहरूमाथि बिटसेवा डटकम नामक वेबसाइट खोलेर अवैध बिटक्वाइन कारोबारको आरोप छ ।

 

प्रकाशित : कार्तिक १३, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?