कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मनाङेविरुद्ध उजुरी परेन

कान्तिपुर संवाददाता

लमजुङ — जिल्लाले नाम सिफारिस गरे पनि एमालेले आधिकारिक उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनिने राजीव गुरुङविरुद्ध कुनै उजुरी परेको छैन ।


उनले हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका थिए । अन्तिममा एमालेबाट टिकट नपाएपछि उनले एमाले झन्डामुनि बसेरै उम्मेदवारी दिएका हुन् । उनीमाथि कांग्रेस समर्थकले उजुरी दिने आकलन गरिएको थियो । उजुरी नपरेपछि राजीव गुरुङको उम्मेदवार कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीविरुद्ध कुनै उजुरी नपरेको मनाङको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दीपक ढकालले बताए ।

प्रकाशित : कार्तिक ८, २०७४ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?