२ प्रहरीको मृत्यु

बागलुङ — बरेङगाउँपालिकाबाट बाटाकाचौर जान लागेको जिप हुग्दीशिरको खाल्टाखर्कमा शनिबार दुर्घटना हुँदा २ प्रहरी कर्मचारीको मृत्यु भएको छ । १० जना घाइते छन् ।

ध१ज १३४ नम्बरको जिपमा सवार प्रहरी हवल्दार खिमबहादुर विष्ट र जवान ढालबहादुर श्रीषको मृत्यु भएको हो । प्रदेश नम्बर २ को निर्वाचनमा खटिएर कार्यस्थल जाँदै गर्दा उनीहरू दुर्घटनामा परेको जिल्ला प्रहरीका प्रमुख एसपी चन्द्रकुवेर खापुङले बताए । जिपमा सवार बरेङका समिर मिया, मञ्जी खातुन, चालक साधन श्रीष र अर्का यात्री सविना खातुन गम्भीर घाइते छन् । उनीहरूको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित : आश्विन ९, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?