दुर्घटनामा २ को मृत्यु

छोटकरी

बुटवल — बसले ठक्कर दिँदा रूपन्देहीको देवदहमा सोमबार बिहान २ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ना५ख ३१५९ नम्बरको बसलाई सोही दिशामै रहेको ना७ख ६९८ नम्बरको बसले ठक्कर दिँदा सल्यानको खलंगा नगरपालिका–२ का २९ वर्षीय सुजन परियार र सुर्खेत पञ्चपुरी नगरपालिका–५ का ५० वर्षीय भीमबहादुर सुनुवारको मृत्यु भएको हो ।

परियारको घटनास्थलमै र सुनुवारको उपचार क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घाइते ३ जनाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित : आश्विन ३, २०७४ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?