१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दुईको मृत्यु

छोटकरी

छुट्टाछुट्टै घटनामा शनिबार दुई जनाको मृत्यु भएको छ। दुप्चेश्वर गाउँपालिका–६ मा नौबिसे भीरबाट लडेर ७२ वर्षीया विष्णुकुमारी कुइँकेलको मृत्यु भएको छ।

 

नुवाकोट (कास)– मासिक सन्तुलन ठीक नभएकी उनी शनिबार बिहान घरबाट खेततर्फ जाँदै थिइन्। यसैगरी अमारे खोल्सामा आएको बाढीले बगाएर तादी गाउँपालिका ४ का ६० वर्षीय रामबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी शुक्रबार साँझ सातबिसे बजारबाट घर फर्कने क्रममा खोल्साको भेल तर्दा बगेका थिए।


रेडपाण्डा अब पाठ्यक्रममा
पाँचथर (कास)– स्थानीय पाठ्यपुस्तकअन्तर्गत वातावरण संरक्षण शिक्षा विषयमा रेडपाण्डाको जानकारीमूलक पाठ समावेश गरिएको छ। पाँचथर, इलाम र ताप्लेजुङका जिल्ला शिक्षा कार्यालयको स्वीकृतिमा निर्मित पाठ्यक्रमअनुसार एक सय पूर्णांकको स्थानीय पाठ्यपुस्तक पहिलोपटक कक्षा ६ मा लागू गरिने भएको हो। लोपोन्मुख रेडपाण्डा (हाब्रे) लगायत वन्यजन्तुको संरक्षणका लागि अनिल अधिकारीले यो पाठ्यपुस्तक तयार पारेका हुन्।  अर्को शैक्षिक सत्रबाट कक्षा ७ मा पनि सुरु गरिने रेडपाण्डा नेटवर्ककी कार्यक्रम संयोजक पेमा शेर्पाले बताइन्।


जिशिअ छुटे
सर्लाही (कास)– ६ लाख ९५ हजार नगदसहित पक्राउ परेका जिशिअ होमनाथ सुवेदीलाई शुक्रबार राति छाडिएको छ । नगद लिएर चितवन जाँदै गर्दा अख्तियारले उनलाई लोथरबाट पक्राउ गरेको थियो। उनलाई १८ गते हाजिर हुने गरी शिक्षा अधिकृत रामआधार कुशवाहको जिम्मामा छाडिएको हो। 

प्रकाशित : श्रावण १५, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?