कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

फेसबुकमार्फत चरित्र हत्या गर्ने पक्राउ

छोटकरी

सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील फोटो र सन्देशबाट चरित्र हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

काठमाडौं (कास)– केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मोरङ उर्लाबारी घर भई मैतीदेवी बस्दै आएका ३२ वर्षीय दिनेश न्यौपाने र काठमाडौं सीतापाइला बस्दै आएकी रिना थापामगर छन्। उनीहरूले नक्कली फेसबुक खाता बनाएर बसुन्धारा बस्ने मोरङकी २० वर्षीया युवती र उनका आफन्तलाई अश्लील तस्बिर र सन्देश पठाएर मानसिक पीडा र चरित्र हत्या गरेका थिए। सोमबार पक्राउ परेका उनीहरूमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ।

पूर्वप्रधानाध्यापकहरू सम्मानित
काठमाडौं (कास)– गोरखाको गाइखुरस्थित लक्ष्मी माविका पूर्वप्रधानाध्यापक तथा पूर्वविद्यार्थीहरू शनिबार सम्मानित भएका छन्। लक्ष्मी मावि पूर्वविद्यार्थी संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उनीहरूलाई सम्मान गरे। सम्मानित हुने पूर्वप्रधानाध्यापकहरूमा संस्थापक यमप्रसाद कोइराला, सिद्धिविलास देवकोटा, परशुराम श्रेष्ठ, योगदत्त पन्त, हितराज पाण्डे, रामजी पन्त र रुद्रनाथ खनाल छन्। वर्तमान प्रअ टीकाराम श्रेष्ठ पनि सम्मानित भएका छन्। यस्तै, २०२१ सालको एसएलसी परीक्षामा उत्तीर्ण बलराम पन्त, डम्बरबहादुर पन्त, कुविजा पन्त, सोमराज देवकोटा, चित्रकुमार पन्त, कृष्णबहादुर पन्त र खेमराज भण्डारीलाई पनि त्यस अवसरमा सम्मान गरिएको थियो। कार्यक्रममा उपप्रधानमन्त्री महराले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाएका थिए। विद्यालय विसं २००९ मा स्थापना भएको हो। 

१ सय ८ ले गरे रक्तदान 
काठमाडौं (कास)– शिखर युवा क्लब मैतीदेवीले शनिबार आयोजना गरेको २१ आंै रक्तदानमा एक सय ८ जनाले रक्तदान गरे। रक्तदान गर्नेमध्ये ९६ पुरुष र १२ महिला छन्। क्लबले उपत्यकाव्यापी विद्यालय स्तरीय ‘रक्तदान जीवनदान’ निबन्ध प्रतियोगितासमेत गरेको थियो। निबन्ध प्रतियोगितामा प्रथम हुने शिशिर बास्ताकोटीले ५० हजार, द्वितीय हुने ओजस्वी दासले ३५ हजार र तेस्रो हुने श्यारोन सुनुवारले १५ हजार रुपैयाँ पुरस्कार पाए। १० जनाले दुई हजारका दरले सान्त्वना पुरस्कार पाए।

रसायनयुक्त खेलौना बिक्री गर्न नपाइने 
काठमाडौं (कास)– तोकिएको मापदण्डभन्दा बढी रसायन प्रयोग भएका खेलौना बिक्री गर्न सरकारले रोक लगाएको छ। अत्यधिक रसायनयुक्त खेलौनाले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्ने बताउँदै जनसंख्या तथा वातावरण मन्त्रालयले त्यस्ता खेलौनाहरूको आयात, उत्पादन, भण्डारण, बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको हो।
रसायनयुक्त खेलौनाले बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा असर परिरहेको मन्त्रालयले जनाएको छ। आफ्ना सन्तानलाई सुरक्षित र स्वस्थ राख्न मन्त्रालयले अभिभावकलाई त्यस्ता खेलौना नकिन्न आग्रह गरेको छ। नीति, नियम, कानुन तथा मापदण्डको अभावमा बालबालिकाहरू यस्ता घातक रसायनहरूको निरन्तर सम्पर्कमा आइरहेको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले बताए। सय वटा नमुना परीक्षणमध्ये ५४ प्रतिशत खेलौनामा स्वास्थ्यका हिसाबले अत्यन्त हानिकारक मानिने गह्रौं धातुहरू लिड, मर्करी, क्रोमियम, क्याडमियम र ब्रोमिन पाइएको मन्त्रालयले बताएको छ।

प्रकाशित : श्रावण १५, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?