१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सडक विस्तार आधा

काठमाडौं — उपत्यकामा ६ सय ६७ किमि सडक विस्तार गर्ने लक्ष्य राखिएको भए पनि हालसम्मको प्रगति केवल ५० प्रतिशतको हाराहारीमा मात्रै छ।

हालसम्म ३ सय ५० किमि सडक मात्रै विस्तार भएको काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले बताए। 

यस्तै आव २०७३/७४ आवमा नै विस्तार हुनुपर्ने १३० किमि सडक समेत स्थानीयवासीको अवरोध, अदालतको ‘स्टे अर्डर’ लगायतका कारणबाट रोकिएको छ। रोकिएको सडक विस्तारलाई अगाडि बढाउने र २६ किमि चालु आवमा विस्तार गर्ने सरकारको तयारी रहेको उनको भनाइ छ। काठमाडौं उपत्यकामा सडक विस्तारका लागि हालसम्म दुई अर्ब ९४ करोड १६ लाख १३ हजार खर्च भएको छ।
 सहरी विकास मन्त्री प्रभु साहले सडक विस्तार कार्यमा भइरहेको ढिलाइलाई कम गर्दै तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न र नदी किनारका करिडोरको विकासमा आफूले विशेष कार्यसूचीमा राखेर काम सुरु गरेको बताए। मन्त्री शाहले आफू नियमित अनुगमनमाा रहेको, निर्माण व्यवसायीलाई जिम्मेवार भएर काम गर्न समेत आग्रह गरेको जनाउँदै अटेर गर्नेलाई कारबाही गरिने बताए। 

प्रकाशित : श्रावण १५, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?