कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कर्णालीमा बस खस्यो ११ को मृत्यु

दैलेख — दैलेखको आठबीस नगरपालिका–४ नैनलदेव मन्दिरनजिक राजमार्गबाट बुधबार कर्णाली नदीमा बस खस्दा ११ यात्रुको मृत्यु भएको छ । २१ जना घाइते छन् । १९ यात्रुको राति अबेरसम्म उद्धार हुन सकेको छैन । दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बसमा ३२ यात्रु थिए ।


प्रहरीका अनुसार कालिकोटको जितेगडाबाट महेन्द्रनगर जाँदै गरेको ना४ख २९९८ नम्बरको बस राजमार्गबाट ३ सय मिटर तल नदीकिनारमा खसेको थियो । अधिकांशको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शी दीपक दसौदीले बताए । घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि सुर्खेत र नेपालगन्ज पठाइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रहरीका अनुसार मृत्यु भएकामा ८ पुरुष, २ महिला र एक नाबालक छन् । अछामका सिंहा नेपाली, रूपा नेपाली, र धीरेन्द्र बीसीको मृत्यु भएको छ । कालिकोटका युवराज शाही, सुनील शाही, धर्मराज शाही, प्रकाश शाही र कविता शाहीको पनि मृत्यु भएको छ । बाँकी ३ जनाको सनाखत हुन सकेको छैन । चालकको अवस्था सामान्य छ ।

प्रकाशित : असार १, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?