रोगी बने सडक व्यापारी

काठमाडौं — थापाथलीकी सीता लामा सडककिनारमा मकै पोलेर बेच्छिन् । १५ वर्ष भयो उनले मकै बेचेर परिवार पालेको । ‘मकै बेचेरै घर चलाउने हो, श्रीमान् छैनन्,’ उनले भनिन्, ‘यसैबाट हो घरखर्च चलाउने ।’ सडक व्यापार गर्न थालेको केही वर्ष उनको स्वास्थ्य राम्रै थियो । आजभोलि उनलाई विभिन्न स्वास्थ्य समस्याले सताउन थालेको छ ।

‘दिनभर घाममा बसेर होला, छाला कालो भएको छ,’ उनले भनिन्, ‘बेस्सरी चिलाउँछ, दिनदिनै नुहाउनुपर्छ ।’ छालारोग विशेषज्ञ डा. ललन खतिवडाका अनुसार लामो अवधिसम्म सडकमा समय बिताउनेलाई गम्भीर खाले छाला रोग लाग्छन् ।  ‘घाम र धुवाँधूलोले अधिकांशलाई दाद, डन्डिफोर र चायाँपोतोको समस्या हुन्छ,’ उनले भने । लामो समय सडककिनार बस्ने व्यापारीलाई छालाको क्यान्सर हुनसक्ने खतिवडा बताउँछन् । ओखलढुंगाका मनिराम ढकाल पनि सडक व्यापारी हुन् । १८ वर्ष भयो उनले रत्नपार्कको सडकमा चिया बेच्न थालेको । ५७ वर्षीय ढकाललाई पनि विभिन्न स्वास्थ्य समस्याले गाँजेको छ । वीर अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. ढुण्डीराज पौडेलका अनुसार अधिकांश सडक व्यापारीलाई घाँटीसम्बन्धी रोग लाग्छ । ‘सडकमा बस्ने हुँदा उनीहरूलाई सरुवा रोगको उत्तिकै जोखिम हुन्छ ।’ 

प्रकाशित : जेष्ठ २९, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?