कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सूचीमै छैन उम्मेदवारको नाम

धादिङ — जिल्लाका स्थानीय तहमा सबै दलले उम्मेदवार टुंग्याई प्रचार अभियान तीव्र पारे पनि सम्बन्धित निकायले तिनको नामावली नै रुजु गरेका छैनन् ।


२ नगरपालिका र ११ वटा गाउँपालिकामा विभिन्न दलले उठाएका उम्मेदवारको सूची प्रमुख निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालय दुवैसँग छैन । ‘हामीसँग आठवटा स्थानीय निकायमा दरखास्त दिनेको नामावली छ तर दरखास्त झिकेपछिका उम्मेदवारको अन्तिम नामावली छैन,’ जिल्ला निर्वाचन कार्यालय प्रमुख ईश्वर सिंखडाले भने ।
कर्मचारी अभाव र निर्वाचनमा खटिने कर्मचारीलाई तालिम दिनै व्यस्त हुनुपरेकाले नामावली रुजु गर्न नसकिएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २६, २०७४ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?