१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

महोत्सव बन्यो ल्होसारमय

कान्तिपुर संवाददाता

गोरखा — नवौं गोरखा महोत्सवको आठौं दिन शुक्रबार मेलास्थल ल्होसारमय बनेको छ । आयोजक उद्योग वाणिज्य संघले ल्होसार विशेष कार्यक्रम गर्न गुरुङ समुदायलाई मञ्च दिएको थियो । कार्यक्रम गर्नुअघि तुम छों धीको कार्यालयबाट निस्केको र्‍यालीले सदरमुकाम परिक्रममा गरेको थियो ।

जातीय बाजागाजा र वेषभूषासहित महिला, पुरुष, युवायुवती, बालबालिका र्‍यालीमा सहभागी भएका थिए । महोत्सवस्थल प्रवेश गर्न टिकट आवश्यक पर्ने भए पनि गुरुङ वेषभूषामा सजिएकालाई नि:शुल्क प्रवेश दिएको संघका महासचिव भगवानबाबु मास्केले बताए ।

प्रकाशित : पुस १६, २०७३ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारलाई थाहै नदिई एनसेल बिक्री हुनुलाई के भन्नुहुन्छ ?