३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

घर मर्मत गर्न ५० हजार दिइने

काठमाडौं — भूकम्पबाट आंशिक क्षति भएका घर मर्मत सम्भार एवं प्रबलीकरण गर्न सरकारले ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको शुक्रबार बसेको बैठकले निजी आवास अनुदान कार्यविधिमा आवश्यक संशोधन गरी उक्त रकम उपलब्ध गराउन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले जोखिममा रहेका बस्तीहरूलाई स्थानान्तरण गरी योजनाबद्ध एकीकृत नमुना बस्ती विकास गर्ने निर्णयसमेत गरेको छ । यसैगरी बैठकले शाखारहित बैंकिङ प्रणाली तथा घुम्ती बैंक सेवाको व्यवस्था मिलाई अनुदान वितरण द्रुत गतिमा अघि बढाउने निर्णय पनि गरेको छ । 

भूकम्पबाट पूर्ण रूपमा क्षति भएका वा भत्काएर पुन: बनाउनुपर्ने घरहरूमा लागि भने २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था निजी आवास अनुदान कार्यविधिमा उल्लेख छ ।

प्रकाशित : असार ११, २०७३ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?