कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा चिनियाँ मन्त्री

कपिलवस्तु — चीनका प्रेस, प्रकाशन, रेडियो, फिल्म र टेलिभिजन प्रशासन मन्त्री काई फुचाओले बुद्धस्थल तिलौराकोट र लुम्बिनीको अवलोकन गरेका छन् ।

लुम्बिनीमा चिनियाँ मन्त्री

उनले तिलौराकोटको पश्चिमी द्वार, उत्तरी सुरक्षा किल्ला पर्खाल, मध्यभाग, केन्द्रीय वाल कम्प्लेक्स, मुख्य दरबार क्षेत्र र पूर्वी द्वार, दक्षिणको उत्खनन स्थल र भग्नावशेषसमेत अवलोकन गरे । तिलौराकोट र उत्खननबारे चीनका भिक्षु 
सु चुङ युङले मन्त्री काईलाई जानकारी गराएका थिए ।
उनले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरे । चीनको जोङहुवा गुम्बाद्वारा मायादेवी मन्दिर परिसरमा आयोजित २६४० औं बुद्ध जयन्ती कार्यक्रममा सहभागी भए । बेबी बुद्धको मूर्तिलाई नुहाई पूजा गरे । कार्यक्रममा थाई, भियतनाम, म्यानमार, तिब्बती भिक्षु र थेराबाद धर्मावलम्बीले शिला प्रार्थना गरे ।

 

प्रकाशित : जेष्ठ २, २०७३ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?