जिप खस्दा ५ को मृत्यु


म्याग्दी — निस्कोट–४ भलाबिसौनामा पश्चिम दरबाङबाट आइरहेको जिप सोमबार सडकबाट सय मिटर तल खस्दा चालकसहित ५ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
ग१ज ५१०६ नम्बरको जिप दुर्घटनामा मृत्यु भएकामा निस्कोट–४ की भोमती विक, ६ की सुनमाया विक, दिलसरी विक र ताकम गाविस–८ का चालक मनबहादुर छन्त्याल छन् । मृत्यु भएकामध्ये एक महिलाको सनाखत भएको छैन । निस्कोट–८ की सविना विक, ८ का सविन गोतामे, २ का तुलमान पुन, उनकी श्रीमती भूमिका र ६ महिनाकी छोरी घाइते भएका छन् ।
प्रकाशित : वैशाख २८, २०७३ ०७:४१