२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

छोटकरी

काठमाडौं– एनजी ट्रेडर्सले इलेक्ट्रा इलेक्ट्रिकको विभिन्न विद्युतीय उत्पादनहरू बजारमा ल्याएको छ । इलेक्ट्राले नानो प्रिमियम प्लेट स्विच, ईएल गार्ड एमसीबीज र ई लाइन डिस्ट्रिब्युसन बोर्डहरू बजारमा भित्र्याएको हो ।

एनजी ट्रेडर्सले ल्यायो इलेक्ट्राका उत्पादन

यी उत्पादनको निर्माण कडा गुणस्तर नियन्त्रण एवं गहन सुपरिवेक्षण प्रक्रियाको मातहतमा अत्याधुनिक उत्पादन प्रविधिमा गरिएको कम्पनीको दाबी छ । यसका डिजाइनहरू आधुनिक तथा अत्याधुनिक दुवैका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।

नबिलको वार्षिक ३० प्रतिशत बोनस सेयर
काठमाडौं– नबिल बैंकले वार्षिक ३० प्रतिशतका दरले बोनस सेयर जारी गरी राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउने भएको छ । यसै क्रममा बैंकको ३१ औं वार्षिक साधारणसभाले यसपटक पनि ३० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार आगामी वर्ष पनि सोही अनुपातमा बोनस सेयर जारी गरेर २०७४ मा ८ अर्ब चुक्ता पुँजी पुर्‍याउने छ । 

जुनार महोत्सव सकियो
सिन्धुली – महभारत क्षेत्रमा सुरु दुई दिने जुनार महोत्सव बुधबार सकिएको छ । पकेट क्षेत्रका रूपमा चिनिएको महाभारत उत्तरतर्फको रतनचुरा गाविसको खनियाखर्कमा जुनार महोत्सव सुरु भएको हो ।
कृषकहरूले वार्षिक २५ करोडभन्दा बढी जुनारबाट आम्दानी लिने गरेका छन् । यातायातको सहज पहुँचसँगै जुनार खेतीमा समेत वृद्धि हुँदै आएको छ । कृषि विकासमन्त्री हरिबोल गजुरेलले महोत्सव उद्घाटन गर्दै जुनारको विकासका लागि कृषकलाइ अनुदान व्यवस्था गर्ने प्रतिबद्धता जनाए । 
प्राविधिक सहितको टोली जुनार क्षेत्रमै राखेर उत्पादनमा वृद्धि गराई कृषकहरूको जीवन समृद्धितर्फ लैजान मन्त्रालय लागि परेको उनको भनाइ थियो । महोत्सवमा २९ स्टल राखिएका थिए । 

प्रकाशित : पुस १६, २०७२ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?