एसियाली जुनियर टेनिसमा नेपाल तेस्रो

काठमाडौं — नेपालले एसियाली जुनियर टेनिस टिम कपको यू–१४ स्पर्धामा तेस्रो स्थान हात पारेको छ । सोमबार राति कतारको दोहामा भएको खेलमा नेपालले कतारलाई २–१ ले पराजित गर्‍यो । टोलीका प्रशिक्षक सूर्यभूषण वज्राचार्यले खेल अत्यन्त कठिन रहेको बताए ।

पहिलो सेटमा ६–० ले विजयी संरक्षकभूषण वज्राचार्य दोस्रो सेटमा १–४ ले पछि परे पनि कमब्याक गर्दै ७–६ ले खेल जिते । प्रणव खनाल भने ६–४ र ६–२ ले पराजित भए । डबल्समा नेपाली जोडी ६–० र ६–२ ले विजयी भयो ।

नेपालले प्रतियोगितामा लगातार दुई संस्करणमा तेस्रो स्थान हात पारेको हो । पहिलो चरणमा नेपाल भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा कतारलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा नेपाल हङकङसँग पराजित भयो । नेपाली टोलीमा यस पटक संरक्षकभूषण वज्राचार्य र प्रणव खनालले प्रतिस्पर्धा गरेका थिए । 
गत संस्करणमा यी दुईसहित सम्यकभूषण वज्राचार्य र रेन्जन लामा पनि टोलीमा थिए ।

प्रकाशित : पुस १५, २०७२ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?