१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दिवाना र मीनु फाइनलमा

काठमाडौं — नेपाल प्रहरी क्लब ‘बी’ की दिवाना शेर्मा र नेपाल आर्मी क्लब ‘ए’ की मीनु गुरुङ भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन्।

दिवाना र मीनु फाइनलमा

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगिताको महिला ४८–५१ केजीमा दिवानाले आर्मी ‘बी’ की ललिता महर्जन तथा मीनुले एपीएफ ‘ए’ की माला राईलाई पराजित गरे।
यस्तै ५७–६० केजीमा एपीएफ ‘ए’ की सरस्वती चौधरीले एपीएफ ‘बी’ की माया चौधरी तथा आर्मी ‘ए’ की नीरु गुरुङले झापाकी सुलभ मगरलाई हराउँदै फाइनलमा स्थान बनाए भने ६९–७५ केजीमा एपीएफ ‘ए’ की प्रमिला पाण्डेले रोल्पाकी पवित्रा घर्तीमगर तथा एपीएफ ‘बी’ की संगीता सुनारले प्रहरी ‘ए’ की अनुराधा लामालाई पाखा लगाउँदै फाइनलमा पुगे।
प्रतियोगिताको पुरुष ४९ केजीमा आर्मी ‘ए’ का तेजबहादुर देउवाले नक्साल ‘बी’ का मदनकृष्ण डंगोल तथा बाजुराका गणेश बोहराले नक्साल ‘ए’ का सुशील थापालाई हराउँदै छनोटनजिक पुगेका छन्। ५२ केजीमा आर्मी ‘ए’ का प्रेम चौधरी धरानका सुलभराज तण्डुकार तथा नक्साल ‘ए’ का शक्ति लामा आर्मी ‘बी’ का सुवास विकलाई निराश पार्दै फाइनलमा पुगेका छन्।

प्रकाशित : मंसिर २९, २०७२ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?