कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भूकम्पपीडितलाई चेलीको सहयोग

राजेन्द्र मानन्धर

दोलखा — भूकम्पपीडितलाई सहयोग गर्न यहाँका चेलीबेटी माइती गाउँमा सक्रिय हुन थालेका छन्।

भूकम्पपछि करिब ९९ प्रतिशत भौतिक संरचना क्षति पुगेको दोलखाका वृद्धवृद्धा र विद्यार्थीका लागि सहयोग पुर्‍याउन दोलखा बजारका चेलीबेटीहरू सक्रिय भएका हुन्। 

दोलखा म्यासमुचा खलक (दोलखा चेलीबेटी समाज) को आयोजनामा उपत्यकास्थित चेलीबेटीका तर्फबाट भीमेश्वर नगरपालिकास्थित त्रिपुरासुन्दरी निमाविका १ सय ५२ विद्यार्थीलाई स्वीटर हस्तान्तरण गरिएको हो।
म्यासमुचा खलककी सकुना श्रेष्ठले गौरशंकर बालगृहमा १ लाख, भीम उच्चमाविलाई १ लाख, राजकुलेश्वर निमाविलाई १ लाख, त्रिपुरासुन्दरी निमाविलाई १ लाख र पशुपति कन्या माविलाई १ लाख रुपैयाँ उपलब्ध गराएकी छन्। यसैगरी ताम्रकौशिका निमाविलाई ५० हजार, फुलपा प्राविलाई ३० हजार, तिखातल प्राविलाई ३० हजार हस्तान्तरण गरिन्। श्रेष्ठले बाल मन्दिरका ५४ विद्यार्थीलाई स्वीटर प्रदान गरिन् भने दोलखा बजारभित्रका २ सय ज्येष्ठ तथा एकल महिलाका लागि साडी, चोलो, उलनको ओड्ने उपलब्ध गराएका छन्।
त्यसैगरी जफेस्थित चनौटेमा महिला स्वयंसेवीलाई १ लाख १२ हजारको सामान हस्तान्तरण गरिन्।
स्वर्गीय नानीकुमारी श्रेष्ठ र केशव मलेकुको सम्झनामा संगीतमय आध्यात्मिक दार्शनिक प्रवचन कार्यक्रमका बीच भूकम्पपीडितलाई सहयोग हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सभासद 
तथा एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले आफंै पीडामा रहेका बेला पनि दोलखाली चेलीबेटीले गरेको समाजसेवाको सरहना गरे।

प्रकाशित : मंसिर २१, २०७२ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?