वकिल कार्यालयमा आगजनी- प्रिन्ट संस्करण - कान्तिपुर समाचार

वकिल कार्यालयमा आगजनी

कान्तिपुर संवाददाता

सर्लाही — मलंगवास्थित जिल्ला न्यायाधिवक्ताको कार्यालयमा आइतबार साँझ आगजनी गरिएको छ।

कार्यालयका दुइटा कोठा आगोले जलेको छ। साँझ ५ बजेपछि केही युवा पर्खाल नाघेर भित्र पसी आगो लगाएका थिए। आगजनीका बेला कार्यालय प्रमुखलगायत माथिल्लो तलामा थिए। तलबाट धुँवा आएपछि प्रहरीलाई सूचना दिएर कर्मचारी बाहिरिए। बारुण यन्त्र र स्थानीयको प्रयासमा आगो नियन्त्रण लिइएको छ।

यसैबीच मधेसी मोर्चा कार्यकर्ताले जिल्ला प्रशासनभित्र टायर बालेका छन्। आन्दोलनका दिनमै मृत्यु भएकी एक महिलालाई सहिद घोषणा माग राख्दै धर्नामा बसेकाले प्रशासन परिसरभित्र टायर बालेका हुन्। उनीहरूले प्रशासनको बाहिरपट्टिका केही संरचना तोडफोड प्रयाससमेत गरेका थिए। 

प्रकाशित : मंसिर २१, २०७२ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

छोटकरी

काठमाडौं (कास)– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा इन्डोनेसियाको बालीमा हुने लोकतन्त्रसम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने भएका छन्।

उपप्रधानमन्त्री थापा इन्डोनेसिया जाँदै

मधेस आन्दोलनलाई सम्बोधन गर्न सरकारका तर्फबाट वार्ताको संयोजकत्व गरिरहेका व्यक्ति ३ दिनका लागि बाहिर जान नहुने सुझाव आइरहेको भए पनि उनी सबै तयारी गरेर जान लागेका हुन्। उनले अन्तिम समयमा जाने निर्णय गरेको परराष्ट्र मन्त्रालयका अधिकारीले जानकारी दिए। बाली प्रजातान्त्रिक मञ्च (बीडीएफ) मा सहभागी हुन उनी मंगलबार इन्डोनेसिया जान लागेका हुन्। त्यहाँबाट फर्केको २ दिनपछि बेलायत जाने कार्यक्रम छ। 
नेपाल–बेलायत सम्बन्धको २ सय वर्षगाँठ मनाउने कार्यक्रममा सहभागी हुन बेलायत जान 
लागेका हुन्।

‘कालोबजारी गर्नेलाई कारबाही’
बुटवल (कास)– गृहमन्त्री शक्ति बस्नेतले देशको असहज परिस्थितिको फाइदा उठाउँदै कालोबजारी र तस्करी गर्नेलाई कानुनी दायरामा ल्याउने बताएका छन्। आइतबार बुटबलमा आयोजित ८ जिल्लाका सुरक्षा निकायका प्रमुखको अन्तक्र्रियापछि बस्नेतले सीमा क्षेत्रमा हुने अशान्ति, कालोबजारी र तस्करी रोक्नेतर्फ सजग रहने जनाए। 
उनले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सीमा क्षेत्रबाट विस्थापित प्रहरीचौकी क्रमश: स्थापित गर्दै जान थालेको बताए। छठ र तिहारपछि राजधानीबाट कल्पना गरिएजस्तो जिल्लाहरूको अवस्था भयावह नपाएको उनले बताए। ‘अवस्थालाई थप जटिल र असहज हुन नदिन सुरक्षा संयन्त्रलाई सजग अवस्था राखिएको छ,’ उनले भने। 

परराष्ट्र विज्ञमा खनाल नियुक्त
काठमाडौं (कास)– सरकारले प्रधानमन्त्री केपी ओलीको परराष्ट्र मामिला विज्ञमा पत्रकार गोपाल खनाललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री कार्यालयले परराष्ट्र मामिलामा कलम चलाउँदै आएका खनाललाई विशिष्ट श्रेणीसरहको सुविधा पाउने गरी विज्ञ नियुक्त गरेको हो। कान्तिपुर दैनिकमा समाचार संयोजकका रूपमा काम गरिसकेका खनाल पछिल्लो समय अनलाइन पत्रकारिता गर्दै थिए।

एआईजी थापामाथि विभागीय कारबाही
काठमाडौं (कास)– सशस्त्र प्रहरी बलले अतिरिक्त महानिरीक्षक (एआईजी) जीवन थापालाई विभागीय कारबाही गरेको छ। सेवा अवधिभर एकपटक पनि स्पष्टीकरणको प्रक्रियामा नपरेका थापामाथि ‘चेन अफ कमान्ड’ बाहिर गएको आरोप लगाउँदै प्रहरी महानिरीक्षक कोषराज वन्तले विभागीय कारबाही 
गरेका हुन्।
करिब एक महिनाअघि महानिरीक्षक वन्त र थापाबीच बलकै मुख्यालयमा भनाभन भएको थियो। त्यसपछि गृह मन्त्रालयका तत्कालीन सहसचिव कृष्णप्रसाद देवकोटाले वन्त र थापालाई स्पष्टीकरण सोधेका थिए। ‘२५ दिनपछि वन्तले कारबाही गरेका छन्,’ सशस्त्रका एक उच्च प्रहरी अधिकृतले भने, ‘टीकापुर प्रतिवेदनदेखि नै महानिरीक्षक र थापाबीच विवाद बढेको हो, आफ्नो पक्षमा प्रतिवेदन नआएपछि वन्त निकै रिसाएका हुन्।’ थापा टीकापुर घटना छानबिन उच्चस्तरीय समितिका सदस्य हुन्। आउँदो पुस १ मा थापाको ३० वर्षे अवधि सकिँदै छ।

प्रकाशित : मंसिर २१, २०७२ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×