नाकाबन्दी निरन्तर रहे सत्याग्रह- प्रिन्ट संस्करण - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाकाबन्दी निरन्तर रहे सत्याग्रह

कान्तिपुर संवाददाता

काठमाडौं — नागरिक आन्दोलनका अगुवा कृष्ण पहाडीले हिंसा र नाकाबन्दीविरुद्ध आगामी अक्टोबर २ देखि लगातार सत्याग्रह गर्ने बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाजले सोमबार बेलुकी गरेको सांकेतिक धर्नामा पहाडीले भने, ‘हामी उनीहरू (भारत) को दास होइन, मित्र हौं । मित्रकै रूपमा व्यवहार गर्न आग्रह गर्छौं ।’ पहाडीले आफूहरू कुनै पनि मुलुकको नाकाबन्दीविरुद्ध रहेको उल्लेख गर्दै राष्ट्रिय र व्यक्तिगत स्वाभिमानविरुद्ध सम्झौता गर्न नसक्ने बताए ।

प्रकाशित : आश्विन १२, २०७२ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्

सुवेदीको मुद्दामा कारण माग

कान्तिपुर संवाददाता

काठमाडौं — किर्ते गरेर उमेर बढाएको विवादमा परेका वैदेशिक रोजगार विभागका महानिर्देशक सहसचिव भरतराज सुवेदीलाई असोज १५ देखि लागू हुने गरी अवकाश दिइनुको लिखित

कारण दुई दिनभित्र पेस गर्न सर्वाेच्च अदातलले सरकारका नाममा आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सोमबार जारी गरेको आदेशमा सरकारको लिखित जवाफ आएपछि १३ गते अन्तरिम आदेश दिने/नदिनेबारे छलफलका लागि मुद्दा पेसीमा तोक्न भनिएको छ । निजामती ऐनअनुसार ५८ वर्षमा अनिवार्य अवकाश पाउने उमेर हदका कारण शुक्रबार सेवाबाट बाहिरिँदै गरेका सुवेदीले ३ वर्ष उमेर बढाएको प्रमाणित भएको थियो । सुवेदीले मोरङबाट २०३१ मा लिएको नागरिकतामा जन्ममिति २०१४ असोज १५ उल्लेख छ । तर उनले कानुन किताबखानामा सच्याएर २०१७ असोज १५ बनाएका थिए ।

प्रकाशित : आश्विन १२, २०७२ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×