कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनाङ र आर्मी आज भिड्दै

कान्तिपुर संवाददाता

काठमाडौं — उपाधिका बलिया दाबेदार मानिएका मनाङ मस्र्याङ्दी र आर्मी राष्ट्रिय लिगमा मंगलबार एकापसमा भिड्दैछन् । यसमा स्पष्ट ३ अंक जोड्न असफल हुने टिमलाई उपाधि होडमा उभिन गाह्रो हुनेछ । त्यसैले दुवैका लागि उपाधि होडमा आफूलाई बलियो बनाउन जित चाहिएको छ ।

उपाधिका बलिया दाबेदार मानिएका मनाङ मस्र्याङ्दी र आर्मी राष्ट्रिय लिगमा मंगलबार एकापसमा भिड्दैछन् । यसमा स्पष्ट ३ अंक जोड्न असफल हुने टिमलाई उपाधि होडमा उभिन गाह्रो हुनेछ । त्यसैले दुवैका लागि उपाधि होडमा आफूलाई बलियो बनाउन जित चाहिएको छ ।

झापाले घरेलु मैदान बिर्तामोडमा भएको छैटौं चरणको खेलमा मनाङलाई १–० ले हराएको थियो । त्यसयता मनाङ अपराजित छ । डिफेन्डर रोहित चन्दको आगमनसँगै मनाङ एन्फा कम्प्लेक्समा आर्मीलाई हराएर छैटौं जित निकाल्दै झापा (१२ खेलमा २४ अंक) र थ्री–स्टार (११ खेलमा २२ अंक) सँग दूरी घटाउने अभियानमा छ । तेस्रो स्थानमा रहेको मनाङले १० खेलमा १९ अंक जोडेको छ । उति नै खेलमा आर्मी र एपीएफको १७–१७ अंक छ ।

प्रकाशित : आश्विन १२, २०७२ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?