गर्भपतन गराउने बढे

विराटनगर — परिवार नियोजन संघ मोरङमा सुरक्षित गर्भपतन गराउने महिला बढेका छन् । नौ महिना अवधिमा २ सय ६३ ले गर्भपतन गराएको संघले जनायो ।

कार्यालय प्रमुख सुरेश प्रधानका अनुसार तीमध्ये ११ जना २० वर्षमुनिका युवती छन् । वर्षको त्यही अवधिमा २ सय ५३ ले यो सेवा लिएका थिए । 'गर्भपतन गराउनेमा केही अविवाहित पनि भएको पाइएको छ' प्रधानले भने, 'यो अवधिमा २० देखि २४ वर्षभित्रका ६९ जनाले र २५ वर्ष माथिका १ सय ८३ महिलाले सुरक्षित गर्भपतन गराएका छन् । विराटनगरमा सुरक्षित गर्भपतन गराउन संघसहित कोसी अञ्चल अस्पताल, मेरी स्टोप क्लिनिक र न्यूरो अस्पताललाई अनुमति छ ।

प्रकाशित : पुस १५, २०७१ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?