१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मिडियामा सहकार्य गर्ने चिनियाँ प्रतिबद्धता

काठमाडौ — नेपाल र चीनले सञ्चार क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमण पूरा गरी गएकोे भोलिपल्ट आइतबार बेलुकी सुचना तथा संचार मन्त्री मिनेन्द्र रिजाल ८ दिने चीन भ्रमण सकेर फर्किए । पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै चीन पुगेका सञ्चार मन्त्री रिजालले यसबारे चिनिया समकक्षी काई मिन्जाओसँग तीन बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताको पहिलो नम्बरमा मिडियामा दुवै देश बीचको सम्बन्धलाई स्थायित्व दिन तथा त्यसलाई दीर्घकालिन रूपमा अघि बढाई सहकार्य गर्ने भनिएको छ । सम्झौतामा सुचना र अनुभव साटा-साट गर्ने, नीति र आचारसहिता हेर्ने तथा पे्रस र मिडियामा विकासको योजना बनाउने, दुवै देशका संचार व्यवासायीहरू बीच सहकार्य गर्ने, विदेशी भाषाका प्रेस र प्रकासित सुचनामा सहकार्य गर्ने र इन्टरनेटको क्षेत्रमा अनुभव साट्दै सहकार्य अघि बढाउदै जाने भनिएको छ ।
यस्तै, प्रेस र मिडियाका क्षेत्रिय र अन्तर्राष्ट्रिय स्तरमा काम गर्दै आएका संस्थाहरूको क्रियाकलापमा दुवै देशले सहकार्य गर्ने पनि सम्झौतामा उल्लेख छ । यी विषयमा सहकार्यको अवधि ५ वर्षको रहेको छ । समय सिमा सकिनु तीन महिना अघि एक पक्षले अर्को पक्षलाई जानकारी दिएर फेरि सम्झौता गर्न सकिने उल्लेख छ । मन्त्री रिजालले सुचना प्रकाशन र प्रसारण क्षेत्रमा चीनसँग गरेको सम्झौता महत्वपूर्ण भएको बताए । यसै अवशरमा रिजालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा भारतको सरकारी टेलिभिजन दुरसञ्चार र नेपाल टेलिभिजन बीचमा सहकार्य गर्दै अघि बढ्ने सम्झौता भएको उल्लेख गरे ।

प्रकाशित : पुस १५, २०७१ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?