कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ पत्रकार भ्रमणमा

काठमाडौ — चीनको पत्रकार टोलीले कान्तिपुर मिडिया ग्रुपको भ्रमण गरेको छ । नेपाल पत्रकार महासंघको निमन्त्रणामा आएको टोलीले

चिनियाँ पत्रकार भ्रमणमा
आइतबार कान्तिपुरमा अवलोकलन र अन्तक्रिर्या गरेको हो । बेइजिङ डेली ग्रुपका उपाध्यक्ष झाङ याबिनको नेतृत्वमा चाइना न्युज सर्भिस, बिङ्गटुआन डेली, चाइना स्पेस न्युज, क्विनघाई रेडियो र अल चाइना जर्नालिस्ट एसोसिएसनका युरोपियन क्षेत्रीय प्रमुख भ्रमणमा आएका छन् । टोलीलाई काठमाडौं पोस्टका प्रधानसम्पादक अखिलेश उपाध्याय, कान्तिपुरका समाचार सम्पादक हरिबहादुर थापा र कान्तिपुर टेलिभिजनका समाचार प्रमुख तीर्थ कोइरालाले नेपाली पत्रकारिता र कान्तिपुर मिडिया ग्रुपबारे जानकारी दिएका थिए । टोलीले विभिन्न सञ्चारमाध्यमको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रकाशित : जेष्ठ १२, २०७१ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?