कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वादी-प्रतिवादी दुवैलाई सजाय

हेटौंडा — जिल्ला अदालतले डाँका मुद्दाका वादी-प्रतिवादी दुवैलाई सजाय सुनाएको छ । अदालतमा बकपत्र गर्ने क्रममा इन्कारी जाहेरी गरेकाले

न्यायाधीश वासुदेव पौडेलको इजलासले वादीलाई समेत सजाय सुनाएको हो । प्रतिवादीले आरोप स्वीकारेको अवस्थामा वादीले मुद्दा दायर गरेका थिए । २०७० जेठ ७ गते राति राक्सिराङ ८ चैनपुरमा बैतडीको कैलपाल गाविसका नरेन्द्रबहादुर चन्द लुटिएका थिए । चन्दकै उजुरीका आधारमा प्रहरीले नुवाकोटका ऋषिराम थापा, धादिङका दिपेश सुडौल र मानबहादुर तामाङलाई पक्राउ गर्‍यो । तीनै जनाले चन्दलाई कुटपिट गरेर ५ लाख रुपैयाँ लुटेको साविती बयान पनि दिए । अदालतमा बकपत्र गर्ने क्रममा चन्दले आफ्नो रकम लुटिएको नभई हराएको भन्दै जाहेरी इन्कार गर्ने प्रयास गरे ।
आरोपितहरू साविती भइसकेको मुद्दामा जाहेरी इन्कार गर्न खोजेका कारण अदालतले चन्दलाई २ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो । यस्तै, थापा, सुडौल र तामाङलाई जनही ६ वर्ष कैद, ७ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । पीडित चन्दलाई जनही ८३ हजार रुपैयाँ उनीहरूबाट भराउने आदेश अदालतले दिएको छ । चन्दलाई कुटपिट गरेर रकम लुट्ने समूहका थप ३ जना फरार छन् । उनीहरूले चन्दलाई काठमाडौंबाट सुन किनिदिने भन्दै हेटौंडा ल्याएका थिए । सुन खरिदका लागि भन्दै हेटौंडास्थित एक बैंकबाट चन्दलाई ५ लाख रुपैयाँ झिक्न लगाएका थिए ।

प्रकाशित : वैशाख २६, २०७१ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?