मेलामा २ करोडको कारोबार


जाजरकोट — परम्परागत रूपमा चार दशकअघिदेखि सञ्चालन हुँदै आएको रमाइलो मेलामा यो वर्ष १० हजारले अवलोकन गरेका छन् ।
जिल्ला सदरमुकामको त्रिभुवन उच्च मावि खलंगामा भएको मेलामा करिब २ करोड रुपैयाँको कारोबार भएको अनुमान गरिएको छ ।सदरमुकाम खलंगा मेलामय बनेको छ । परम्परागत तथा लोपोन्मुख स्थानीय नाच दर्शकको मुख्य आकर्षण बनेको छ । जिल्लावासीका साथै छिमेकी रुकुम, सल्यान, डोल्पा, सुर्खेत, जुम्ला, दैलेख लगायतका जिल्लाबाट हजारौं स्थानीय मेला भर्न आएका छन् । हरेक वर्ष पुस १३ देखि १५ गतेसम्म मेला सञ्चालन हुन्छ ।
ढिमेको खाडो नाच, लहाको ख्याली, रिम्नाको लहरे पैंसरी, खलंगाको सिंगारू तथा टप्पा, देउडा, ठाडी भाका लगायतका परम्परागत र लोपोन्मुख नाचले हजारौं आगन्तुकको मन खिचेको छ ।
प्रकाशित : पुस १६, २०७० ११:४४