औषधालय चलाउन समिति

तेह्रथुम — आठराईको संक्रान्ति बजारस्थित जगदम्बा दातव्य औषधालय पुनः सञ्चालनमा ल्याउन कमलमणि दीक्षितको अध्यक्षतामा सञ्चालक

समिति गठन भएको छ । औषधालय एक दशकदेखि बन्द थियो । समितिमा डा. ओमकृष्ण सिटौला, डम्बर इङ्नाम, विष्णुकुमारी मावो, तुलसीप्रसाद दाहाल, कुलप्रसाद काफ्ले र तुलसी सुब्बा सदस्य चयन भएका छन् । औषधालय मदन शमशेरकी कान्छी बुहारी रानी जगदम्बाकुमारीदेवी राणाले २०१६ सालमा स्थापना गरेकी हुन् ।
 

प्रकाशित : पुस १६, २०७० ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?