१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

थाक्ले मन्दिर

हाम्रो सम्पदा
लवदेव ढुंगाना

पाँचथर — मुख्य चाडपर्व र तिथिमा फिदिम-५ स्थित थाक्ले मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।


सदरमुकामको फिदिम बजारदेखि करिब ७ किलोमिटर टाढा मन्दिर नजिकसम्म मोटरबाटोको सुविधा छ । १९५४ सालमा बनेको यो मन्दिरमा  बजारबासी मुख्य पर्व र चाडमा पूजा अर्चना गर्छन् । सिंहदेवी भनेर चिनिने यो मन्दिर सदरमुकाम नजिकै भएकाले अरू बेला पनि दैनिकजसो  भक्तजन पुग्छन् । मन्दिर क्षेत्रका ठूला ढुंगामा सिवा निवासी मूर्तिकार रुद्र तुम्रोकले कुँदेका युमा, बूढीबजू, सिरिजंगा र शिव-पार्वतीको मूर्तिले  मन्दिर थप आकर्षक बनेको छ ।
किंवदन्तीअनुसार १८०० सालमा फिदिम ५ का खनाल थरका एक दम्पती हाल मन्दिर भएका ठाउँमा दाउरा खोज्न गएका थिए । उनीहरू  त्यहाँ पुग्नासाथ एउटा सुकेको दाउरो ओरालोमा लड्दैलड्दै एक स्थानमा अडियो । त्यसपछि खनाल महिला नजिकै बाघ सुतिरहेको देखेपछि  बेहोस भइन् । अन्त्यमा खनालले धूपबाती सल्काएर पूजा गरेपछि बाघ उठेर गएको भनाइ छ ।
सिंहदेवीको बास रहेको विश्वासमा स्थानीयले मन्दिर बनाएर पूजा गर्न थालेको बूढापाका बताउँछन् । त्यसताका बाघ सुतेको स्थानमा ठूलो  गुफा छ । गुफामा महिनावारी सुरु भएका महिलालाई प्रवेश निषेध गरिएको छ । गुफाभित्र विभिन्न आकृतिहरू देख्न सकिन्छ ।

प्रकाशित : भाद्र २९, २०६९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?