स्याउको कार्टुन र मकैको बोरामा गाँजा

इनरुवा — नेपाल-भारत सीमा नजिक सुनसरीको श्रीपुर र हरिपुर खण्डमा चिनियाँ स्याउको कार्टुन र मकैको बोरामा प्रहरीले गाँजा भे टाएको छ ।


भारत लैजान तयारी गरिरहेका बेला प्रहरीले भान्टाबारीबाट बुधबार राति स्याउको कार्टुनमा १५ र मकैको बोरामा १० किलो गाँजासहित एक  भारतीयलाई पक्राउ गरेको छ । सीमा प्रहरी चौकी भान्टाबारीका प्रहरी नायव निरीक्षक सूर्यनारायण माझीका अनुसार सिराहाको लहानबाट  बसमा ल्याएर भान्टाबारीमा ओर्लनबित्तिकै प्रहरीले समातको हो ।
स्याउको बीचमा मेसिनले च्यापेर गाँजा राखेको र मकैको बीचमा गाँजा रहेको प्रहरी नायव निरीक्षक माझीले बताए । विहारको सुपौल जिल्ला  मोतीपुर पञ्चायत दूधाधारीका २४ वषर्ीय भोला मुखिया पक्राउ परेका हुन् । अर्का भारतीय अनिल यादव भने भागेको प्रहरीले जनाएको छ ।  मुखियाले आफू लामो समय गाँजा तस्करीमा संलग्न रहेको बयान प्रहरीलाई दिएका छन् । उनले मकवानपुर र सिरहाका विभिन्न स्थानबाट गाँजा ल्याएर सुनसरीको भान्टाबारी, हरिपुर र श्रीपुरको नाका हुँदै गाँजा भारतीय क्षेत्रमा पठाउने गरेको स्वीकारेका छन् ।
मुखियाको समूहले गाँजा कोलकातासम्म पुर्‍याउन गरिएको नायव निरीक्षक माझीले बताए । सुनसरीको श्रीपुर नाकाबाट लामो समयदेखि  भइरहेको चाइनिज स्याउको तस्करीसँगै गाँजाको पनि तस्करी भइरहेको स्रोतले जनायो । चाइनिज स्याउ ट्रकमै लोड गरी श्रीपुर नाका पुग्ने र  उक्त ठाउँमा भारतीय क्षेत्रबाट आएको ट्रकमा स्याउ लोड भएर जाने गरेको स्थानीय बासिन्दाले बताए ।

प्रकाशित : भाद्र २९, २०६९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?