१५.४४°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

परेलीको बर्सात... लाई तीन

म्युजिक खबर डटकम अवार्ड
कान्तिपुर संवाददाता

काठमाडौ — संगीत क्षेत्रमा अर्को अवार्ड कार्यक्रम थपिएको छ । म्युजिक खबर डटकमले पहिलो पटक बुधबार २२ विधामा म्युजिक अवार्ड वितरण गरेको छ ।

रमेश क्षितिजको एल्बम 'क्षितिज' मा संगृहीत 'परेलीको बर्सात...' ले सर्वोत्कृष्ट आधुनिक गीत रचनाकार -रमेश), आधुनिक संगीतकार -सन्तोष श्रेष्ठ) र संगीत संयोजक -अमुल कार्कीढली) सहित तीन अवार्ड पायो ।   
रत्नशमशेर थापाको 'एक मुठी चामल...' सर्वोत्कृष्ट राष्ट्रिय गीत दरियो । पप गायनमा महिलातर्फ इन्दिरा जोशी -चौबन्दी चोली अनि रातो घाँघरा...) ले बाजी मारिन् भने पुरुषतर्फ शिव थापा मगर (कसरी बाँचूँ...) ले ।
लोकदोहोरी गायनतर्फ विमल डाँगी -यो मुटु तिमै्र हो...) ले अवार्ड पाए । गायिकामा देवी घर्ती
(जिम्वाल बाको आँगनीमा...) अब्बल रहिन् । लोक दोहोरी भाकामा वसन्त थापा -डाँडै फुर्के सल्लो...) ले अवार्ड उचाले । गायक बद्री पँगेनीले लोक दोहोरी शब्द रचना विधामा अवार्ड पाए । वर्षको सर्वोत्कृष्ट लोक दोहोरी एल्बमको अवार्ड एकनारायण भण्डारी -न्याउली) ले पाए । लोकदोहारीकै म्युजिक भिडियो निर्देशकमा शंकर बिसीले अवार्ड पाए ।
फिल्मी गायनतर्फ गायकमा प्रमोद खरेल -किन लाग्छ माया...) र गायिकामा माण्डवी त्रिपाठी (सिम्पल सिम्पल कान्छी...) ले बाजी मारे । 'किन लाग्छ माया' बाटै लक्ष्मण शेषले पाश्र्व संगीतमा अवार्ड पाए ।
सर्वोत्कृष्ट नवप्रतिभाको अवार्ड गायक प्रल्हाद तिमिल्सिना र गायिका साहिमा श्रेष्ठले थापे । अञ्जु पन्त र देव आलेले युगल गायन अवार्डमै चित्त बुझाए । सर्वाेत्कृष्ट ध्वनि मिश्रण विधामा 'फूलजस्तै मन...' का लागि राजकुमार बगर उत्कृष्ट भए ।
आधुनिक गीतको म्युजिक भिडियो निर्देशनतर्फ 'उसले जति माया...' का लागि शिव विकले सर्वोत्कृष्ट ठहरिए । दुर्गा खरेलले 'वाचा त गरंे...' गीतबाट यस वर्षको सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड पाइन् । गायकतर्फ चाहिँ शिशिर योगीले 'सियोको टुप्पोले मुटु बिझ्यो...' गीतबाट अवार्ड पाए । यसै गरी हरि विष्टको 'बिछोडमा' एल्बमले सर्वोत्कृष्ट आधुनिक संगीत एल्बमको अवार्ड पायो ।
राष्ट्रिय नाचघरमा सम्पन्न समारोहमा बालगायिका गरिमा ज्ञवालीलाई प्रोत्साहन सम्मान दिइएको थियो ।

प्रकाशित : श्रावण २५, २०६९ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?