छोटकरी

मदन र नरेश सफल
काठमाडौं -कास)- आयोजक नेपाल टेलिभिजन -एनटीभी) का मदन आचार्य र नेपाल वानका नरेश रावल तेस्रो अन्तर टेलिभिजन टेबलटेनिसको पुरुष एकलतर्फ बिहीबार फाइनल प्रवेश गरेका छन् ।

मदन र नरेश सफल
काठमाडौं -कास)- आयोजक नेपाल टेलिभिजन -एनटीभी) का मदन आचार्य र नेपाल वानका नरेश रावल तेस्रो अन्तर टेलिभिजन टेबलटेनिसको पुरुष एकलतर्फ बिहीबार फाइनल प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा मदनले इमेज च्यानलका सुरेश मानन्धरलाई ११-६, ११-५ र ११-८ तथा नरेशले एनटीभीका मनोहरि थापालाई ११-६, ११-२ र ११-७ को सोझो सेटमा पाखा लगाए ।

गोजुरियो टोली भारततर्फ
काठमाडौं -कास)- अन्तर्राष्ट्रिय सेइकोकाई खुला कराँते च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजराततर्फ प्रस्थान गरेको छ । माघ १३ देखि १५ सम्म हुने प्रतियोगितामा पि्रया श्रेष्ठ, रुक्मिला तामाङ, मेनुका ठाकुर, आमोदकुमार राय, राजेन्द्र आचार्य, ईश्वर माझी, रोशनकुमार मेहता, अमलेशकुमार राय तथा वचन व्यञ्जनकारले प्रतिस्पर्धा गर्नेछन् ।

क्यानमा ८ सदस्य थपिए
काठमाडौं -कास)- नेपाल क्रिकेट संघ -क्यान) को बिहीबार बसेको बैठकले ८ सदस्य र एक सल्लाहकारलाई नियुक्त गरेको छ । अब क्यानको कार्यसमिति सदस्य २९ पुगेको छ र दुई सदस्य राष्ट्रिय खेलकुद परिषद् -राखेप) ले नियुक्त गर्न बाँकी छ । सुनील अमात्य, धर्म सुन्दर, पूर्ण लामा, सजीव पाण्डे, रामचन्द्र शर्मा, दीपक कोइराला, विपनराम चौधरी र अमृता पौडेललाई सदस्यमा नियुक्त गरिएको हो । सल्लाहकारमा आमीर अख्तर नियुक्त भए । 'हाम्रा तर्फबाट कार्यसमिति गठन पूरा भयो । अब राखेपबाट दुई जना आउन बाँकी छ,' क्यान अध्यक्ष टंक आङबुहाङले कान्तिपुरसँग भने । चितवनमा सम्पन्न निर्वाचनबाट १७ सदस्यीय समितिको चयन भएको थियो ।

प्रकाशित : माघ १३, २०६८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?