कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कान्तिपुर टीभी फुल अटोमेसनमा जाँदै

काठमाडौ — कान्तिपुर टेलिभिजन नेटवर्कका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले कान्तिपुर टेलिभिजनलाई आधुनिक प्रविधि 'फुल अटोमेसन' र 'एचडी' मा स्तरोन्नति गर्ने गृहकार्य भइरहेको जानकारी दिएका छन् ।


आठौं वाषिर्कोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा सिरोहियाले कान्तिपुर टेलिभिजनमा फुल अटोमेसनमा लाने प्रविधि जडान भइरहेको र जनशक्तिलाई आवश्यक तालिम दिन थालिएको बताए । आठ वर्षको अवधिमा कान्तिपुर टेलिभिजन मुलुकको लोकपि्रय च्यानलका रूपमा स्थापित भएको र आफ्नो प्रसारण अमेरिका, दुबईलगायत विश्वका धेरै मुलुकमा विस्तार गरेको उनले उल्लेख गरे ।
कान्तिपुर टेलिभिजन २०६० असार २९ देखि नियमित प्रसारणमा आएको हो । कार्यक्रममा टेलिभिजनका पत्रकार एवं कर्मचारीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
समाचार विभागबाट संवाददाता रजनीश भण्डारीलाई वर्षको सर्वोत्कृष्ट कार्यसम्पादन पुरस्कार प्रदान गरियो । प्रोडक्सन, भिडियो एडिटिङ र क्यामरातर्फबाट वरिष्ठ सहायक क्यामराम्यान श्याम श्रेष्ठ पुरस्कृत भए । यस वर्षबाट
सुरु गरिएको 'एमडी सरप्राइज अवार्ड' समाचारवाचिका समा थापालाई दिइयो ।
इन्जिनियरिङ विभागबाट पवन खत्रीलाई र फाइनान्स, मार्केटिङ र प्रशासन विभागबाट गौरव अग्रवाललाई सर्वोत्कृष्ट वर्ष पुरस्कार प्रदान गरियो । यस वर्षको कान्तिपुर आउटस्ट्यान्डिङ पर्फमेन्स पुरस्कार चालक हिरामान भण्डारीलाई दिइएको
छ । त्यस्तै जिल्लातर्फ जनकपुर संवाददाता अनिल मिश्रलाई सर्वोत्कृष्ट वर्ष पुरस्कार प्रदान गरिएको छ । विज्ञापन एजेन्सीतर्फ प्रथम पुरस्कार मिडिया हवले प्राप्त गरेको छ भने दोस्रो कि-एडभरटाइजिङले र तेस्रो पुरस्कार मिडिया बैंकले पाएको छ ।

प्रकाशित : श्रावण १, २०६८ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?