कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

फेरि फत्तेमान

काठमाडौ — आगामी शुक्रबार गायक फत्तेमान फेरि पलेटी शृंखलामा गाउँदै छन् । ७४ वर्षे उमेरका जोसिला गायकको पलेंटीमा यो तेस्रो प्रस्तुति हो ।


कालिकास्थानस्थित नेपालयको 'आर' श्ाालामा हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुादै आएको सांगीतिक कार्यक्रम पलेटी शंृखलाको छैटौं वर्षको अर्धवाषिर्क कार्यक्रममा उनले गाउन लागेका हुन् ।
'उमेर पाको भए पनि गाउने रहर जागै छ,' अभ्यासमा तल्लीन गायकले भने, 'यसपालि केही नयाा गीत गाउँनेछु ।' यसपटक स्टेजमा कतै प्रस्तुत नभएका गीतलाई प्राथमिकता दिने उनले बताए ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविवर माधव घिमिरे, रत्नशमशेर थापा, राममान तृषित, यादव खरेल, तीर्थराज तुलाधर, कालीप्रसाद रिजाल, मञ्जुल, बानिरा गिरी, तीर्थ श्रेष्ठ, विक्रम सुब्बा, अर्जुन पराजुलीलगायतका रचनाहरू उनले गाउनेछन् ।
संगीतज्ञ अम्बर गुरुङ र नातिकाजीका संगीतदेखि ज्ञानबहादुर, अमृतसम्मका धुनहरु समेटिएको यसपालीको कार्यव|mममा उनको पछिल्लो एलबम 'फत्तेमान ७०मा' का संगीतकार आभासका धुनहरू पनि प्रस्तुत हुनेछन् ।
फत्तेमान स्वयंले सिर्जेका धुनका गीत पनि सुन्न पाइने आयोजकले बतायो ।
 

प्रकाशित : श्रावण १०, २०६७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×