कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

श्रावण २८, २०८१
सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते बुधबार प्रदेश सभाबाट विश्वास मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीको पत्र प्राप्त भएको सभामुख भीम बहादुर भण्डारीले बताए । 

साउन २० गते मुख्यमन्त्री नियूक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् ।

बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ । त्यसै नागरिक उन्मुक्तिको मत थपिदा दुई तिहाइ नजिक पुग्ने छ ।

तर लामो समयदेखि आन्तरिक किचलोमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुले एक ढिक्का भएर मत दिन्छन् या विभाजित हुन्छन् भन्ने यकिन भइसकेको छैन ।

प्रकाशित : श्रावण २८, २०८१ १३:१३
x
×