कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

पहिरोका कारण दुई घर भत्किए, १५ लाख बढीको क्षति

श्रावण २७, २०८१
पहिरोका कारण दुई घर भत्किए, १५ लाख बढीको क्षति

दार्चुला — बैतडीको डिलाशैनी गाउँपालिका–३ दौंखोलामा पहिरोले दुई वटा घर भत्काएको छ । आइतबार बिहान घर मुनिबाट पहिरो खसेपछि स्थानीय अम्मर बोहराका दुई वटा घर भत्किएका हुन् ।

स्थानीय प्रदीपकुमार जोशीका अनुसार अम्मरका चार कोठे स्लेटले छाएको कच्ची र दुई कोठे पक्की घर भत्किएका छन् । पहिरोका कारण पहिरोका कारण स्थानीय नरेश बोहरा र बहादुर बोहराको घर पनि उच्च जोखिममा रहेको उनले बताए ।

घर भत्किादा घरभित्र रहेका सबै अन्नपात र अन्य सामग्री नष्ट भएका छन् । पहिरोले घर भत्किएपछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ । दिनमा घर भत्किएको हुनाले मानवीय तथा चौपाया क्षति हुनबाट जोगिएका छन् । पहिरोले घर भत्किएपछि अहिले अम्मरको परिवार पशुचौपायासहित नजिकका आफन्तको घरमा शरणमा पुगेका छन् ।

डिलाशैनी गाउपालिकाका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपबाट विपद्का घटना भएकोमा गाउपालिकाले दुःख व्यक्त गरेको छ । वर्षात्‌को समयमा विपद्का घटना हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित : श्रावण २७, २०८१ १८:१७
x
×