कञ्चनपुर — महाकाली नदीमा पानीको बहाब घटेको छ । बिहीबारदेखि बढेको पानीको बहाब शुक्रबार घटेको हो । शुक्रबार बिहान ९ बजेको मापनअनुसार महाकालीमा पानीको बहाब ९३ हजार ४ सय ४ क्युसेक पुगेको प्रहरीले जनाएको छ ।
पानीको बहाब घटेसँगै शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधनको अवागमन सुचारु भएको छ । शुक्रबार बिहानदेखि चार पांग्रे सवारी साधन आवागमन सुचारु भएको हो ।
बिहीबार दिउँसो नदीमा पानीको बहाब बढेपछि पुलमा ठूला सवारीसाधनको आवागमन बन्द गरिएको थियो । बिहीबार महाकालीमा पानीको बहाब १ लाख ४७ हजार क्युसेक पुगेको थियो । नदीमा बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको थियो ।