कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बाढीको दर्द : ७ सय ५ परिवार अझै विद्यालयमै

भवानी भट्ट

कञ्चनपुर — लगातारको वर्षासँगै आएको बाढीका कारण शुक्रबार र शनिबार विस्थापित भएकाहरु घर फर्किने क्रम जारी छ । अधिकांश विस्थापित घर फर्के पनि अझै ७ सय ५ जना विद्यालयहरुमा बसिरहेको प्रहरीले जनाएको छ । 

बाढीको दर्द : ७ सय ५ परिवार अझै विद्यालयमै

जिल्ला प्रहरीका कार्यालयका अनुसार जिल्लाभरिमा बाढी र डुबानका कारण १ हजार परिवारका ५ हजार जना विस्थापित भएका थिए । उनीहरु नजिकैको विद्यालय र वडा कार्यालयमा बसेका थिए । बाढी र डुबान घटेपछि मंगलबारदेखि उनीहरु घर फर्किन थालेका हुन् । ‘कतिपयको घर अहिले पनि भित्र पस्न नसकिने अवस्थामा छ, कतिपय घर भत्केका छन्, उनीहरु अहिले पनि विद्यालयमै बसिरहेका छन्,’ कञ्चनपुरका डीएसपी उमेश जोशीले भने, ‘घर भत्केका र धेरै क्षति भएकाहरु घर फर्किन सकेका छैनन् ।’

डीएसपी जोशीका अनुसार बाढीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको छ । अहिले नै एकिन विवरण प्राप्त भइसकेको छैन ।

घर भत्केका तथा अन्य क्षति भएको विवरण संकलनको काम जारी रहेको उनले बताए ।

प्रकाशित : असार २६, २०८१ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×