कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पहिरोका कारण मष्टाका ४१ परिवार विस्थापित 

२० घर क्षतिग्रस्त, ५० जोखिममा 

बझाङ — मंगलबार राति परेको भारी वर्षाका कारण मष्टा गाउँपालिकाको गौनी गाउँ पहिरोले क्षतिग्रस्त भएको भएको छ । पहिरोका कारण ४१ परिवारका  दुई सय ३० जना विस्थापित भएका छन् । 

पहिरोका कारण मष्टाका ४१ परिवार विस्थापित 

पहिरोले २० वटा घर क्षतिग्रस्त भएको र ५० घर जोखिममा रहेको स्थानीय समेत रहेका मष्टा गाउँपालिकाका –७ का पुर्व वडाध्यक्ष बमबहादुर बोहराले बताए ।

‘राति एक बजेबाट पानी पर्न सुरु भएको हो । विहान चार देखि छ बजेको बीचमा त बाल्टीले खन्याए जस्तो भयो,' बोहराले भने, ‘रातारात घरघरमा गएर मान्छे बिउँझाउँदै सुरक्षित ठाउँमा सार्दै गरेकाले मान्छेलाई केही भएन । गाउँ भने बस्न लायक रहेन।'

पहिरो पछि १० वटा घरको छानो च्यापिएको, ११ वटा घरको पर्खाल र डिल भत्किएका कारण चर्किएर बस्न नमिल्ने भएकोले परिवारका सदस्यहरुलाई सुरक्षित ठाउँमा सारिएको बताए ।

‘कोही गाइवस्तु बाँध्ने गोठमा बसेका छन् । कोही पाल हाल्ने तयारी गरिरहेका छौँ,' घटना स्थलमा रहेका उनले भने, ‘ठाउँ ठाउँमा पहिरो फुटेकाले कुनै पनि घरमा बस्न सकिने अवस्था छैन।' पहिरोले अधिकांश परिवारको जग्गा जमिन र त्यहाँ लगाइएको बाली पनि क्षति गरेको उनले सुनाए ।

पहिरोबाट विस्थापितहरु गौनी गाउँ नै छोडेर छिमेकी लटौन गाउँमा रहेका घरहरु र सुरक्षित गोठहरुमा गएको गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए । पहिले देखि नै पहिरोको जोखिममा रहेका मष्टा गाउँपालिकाका द्धारी, हलारा, दान्ना, खेती, लगायत गाउँका एक सय २० बढी परिवार पनि थप जोखिममा परेको उनले जानकारी दिए ।

‘गाउँको माथि तल पुरै चिरा चिरा परेको छन् । यस्तै वर्षा भएको भने जुनसुकै बेला पनि गाउँ बगाउने खतरा छ । एकदमै ठुलो जोखिम छ,' उनले भने ।

प्रकाशित : असार २६, २०८१ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×