कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

महाकालीको बहाव घट्यो, शारदा ब्यारजेको पुलमा सवारी आवागमन सुरु

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुलमा चार दिनपछि चारपांग्रे सवारी साधनको आवागमन खुला भएको छ । मंगलबार बिहानदेखि चारपांग्रे सवारी साधन आवागमन खुला गरिएको हो । 

महाकालीको बहाव घट्यो, शारदा ब्यारजेको पुलमा सवारी आवागमन सुरु

बिहान ७ बजेको मापनअनुसार महाकालीमा पानीका बहाव ९७ हजार ६ सय क्युसेक पुगेको छ । पानीको बहाव १ लाख क्युसेकभन्दा तल पुगेपछि बिहान ७ बजेदेखि पुल ठूला सवारी साधनका लागि खुला गरिएको हो ।

शनिबारदेखि महाकालीमा पानीको बहाव बढेपछि पुलमा चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको थियो ।


प्रकाशित : असार २५, २०८१ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×