कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

स्वतन्त्र सांसद जोशीद्वारा मन्त्री पद अस्वीकार 

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त स्वतन्त्र सांसद तारा जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीद्वारा सोमबार मन्त्री नियुक्त गरिएका जोशीले पद अस्वीकार गर्दै पद तथा गोपनीयताको शपथ पनि लिएनन् । 

स्वतन्त्र सांसद जोशीद्वारा मन्त्री पद अस्वीकार 

मन्त्रालय फुटाएर आफू मन्त्री नहुने जोशीले बताएका छन् । मुख्यमन्त्री सोडारीले सोमबार दिउसो पाँच जना बिना विभागीयसहित आठ मन्त्री नियुक्त गरेर शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएका थिए । जोशीलाई विभागसहित मन्त्री तोकिएको थियो ।

तर, ६ वटा मन्त्रालय रहेको सुदूरपश्चिममा १० जना मन्त्री बनाउँदा चार वटा मन्त्रालय विभाजनको तयारीमा सरकार छ । आफूलाई दिने तयारी गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पनि फुटाउने तयारी रहेकाले मन्त्री हुन अनिच्छुक रहेको जोशीको भनाइ छ ।

पाँच जना विना विभागीय मन्त्री नियुक्त गरिएको भए पनि आन्तरिक मामिला मन्त्रालय मात्रै खाली छ । अन्य पाँचै वटा मन्त्रालयमा मन्त्री नियुक्त भइसकेका छन् । भागबण्डा मिलाउनका लागि मन्त्रालय विभाजनको तयारीसहित चार जना मन्त्री थपिएको हो ।

सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मनत्रालय विभाजन गर्ने सरकारको तयारी छ । ‘मैले मन्त्री नभएमा एउटा मन्त्रालय फुट्नबाट जोगिन्छ,’ सांसद जोशीले भने ‘मन्त्रालय फुटाउने गरी मन्त्री हुन मन छैन ।’

सांसद जोशीले भने आर्थिक मामिलामन्त्री पाउने अपेक्षा राखेका थिए ।

प्रकाशित : जेष्ठ २८, २०८१ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x