कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

अर्जुन शाह

धनगढी — कैलारी गाउँपालिका-८ का दुई जना बालबालिकाको नदीमा डुबेर मृत्यु भएको छ । लहरपुर तेडी नदीमा नुहाउने क्रममा आइतबार दिउँसो ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउदको मृत्यु भएको गाउँपालिका अध्यक्ष रामसमझ चौधरीले बताए ।

नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

उनका अनुसार पाँच जना बालबालिका नुहाउँदै थिए । ती मध्ये अमिल र दुर्गा डुबेका थिए । जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक सरस्वती अधिकारीका अनुसार नदीमा डुबेका दुबै बालबालिकालाई स्थानीयले उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए ।

अमिलको उपचारका क्रममा उदासीपुरमै मृत्यु भएको थियो भने साउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित : वैशाख ३०, २०८१ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x