कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब ट्राफिक जरिवाना मेशिनबाटै 

भवानी भट्ट

कञ्चनपुर — ट्राफिक प्रहरीले जरीवाना वापतको पैसा तिर्न डिजिटल मेशिन सञ्चालनमा ल्याएको छ । बुधबारदेखि जिल्लाको भीमदत्त नगरपालिकाको महेन्द्रनगर, पुनर्वास नगरपालिकाको त्रिभुवनवस्ती र बेलौरी नगरपालिकाको बेलौरीमा गरी तीन ठाउँमा उक्त मेशिन सञ्चालनमा ल्याएको हो । 

अब ट्राफिक जरिवाना मेशिनबाटै 

अब ट्राफिक नियम विपरित सवारीसाधन चलाउँदा जरिवाना तिर्नका लागि बैंकमा धाउनुपर्दैन । ट्राफिक प्रहरी कार्यालयमै रहेको मेशिनमा पैसा हालेपछि जरिवाना तिरेको रसिद प्राप्त हुनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकका अनुसार प्रभु बैंक र प्रदेश ट्राफिक प्रहरी कार्यालयको सहयोगमा उक्त मेशिन सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा तिन स्थानमा मात्रै जडान गरिएपनि निकट भविश्यमै गड्डाचौकी र दोधारा चाँदनीमा पनि मेशिन राखिने उनले बताए ।

ट्राफिक नियम विपरित सवारीसाधन चलाउने चालकबाट चालु आर्थिक वर्षमा हालसम्म ६१ लाख जरिवाना संकलन भएको प्रहरी निरीक्षक विकले बताए । उनका अनुसार यो वर्ष हालसम्म ४१ दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । गत वर्ष यही अवधिमा ३६ जनाको मृत्यु भएको थियो ।

‘हामीले जरिवाना भन्दा पनि दुर्घटना न्यूनीकरणमा जोड दिएका छौं,’ प्रहरी निरीक्षक विकले भने, ‘नियमित चेकजांचसँगै सचेतनामुलक गतिविधि पनि बढाएका छौँ।’ उनले जरिवानामा परेका चालक तथा सवारीधनीलाई पनि ट्राफिक सचेतनाबारे सम्झाई बुझाई गर्ने गरेको बताए ।

प्रकाशित : चैत्र २१, २०८० १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?